आज थप १७९० जनामा कोरोना संक्रमण पुष्टि : २७९१ जना संक्रमणमुक्त

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मंगलबार देशभर थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ८५९ संक्रिय संक्रमित छन् ।