‘गरिब मुलुकले खोप नपाउँला भन्ने चिन्ता लिनुपर्दैन’

14
Shares

न्युयोर्क,(एजेन्सी)

विश्वका अत्यन्तै गरिब तथा जोखिममा परेका मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप नपाइएला भनेर ठेलमठेल गर्नु आवश्यक नरहेको मंगलवार विश्व स्वास्थ्य संगठन ( डब्ल्युएचओ) का प्रमुखले जनाएका छन् । डा. टेड्रोस गेब्रिससले सबैलाई समान ढंगले खोप वितरण हुने र यसका लागि ४ अर्व ३० करोड अमेरिकी डलरको आवश्यकता हुने बताएका छन् ।

उनले महत्वपूर्ण प्रश्न भनेको ति सफल खोप विश्वका सबै मानिसले प्रयोग गर्न सक्तैनन् भन्दा गर्न पाउँदैनन् कि भन्ने रहेको पनि बताएका छन् । विश्वमा अन्तिम चरणको परिक्षण अवस्थामा रहेका चार प्रकारका कोरोना भाइरस विरुद्धका खोपका परिणाम निकै सकारत्मक रहेका छन् ।

ति मध्ये पनि मानिसहरुमा कोडि १९ को लक्षणहरु नै विकास हुन नदिने अक्सफोर्ड युनिभर्सिटी र एस्ट्रा जेनेकाद्वारा विकास गरिएको खोप अन्य दुईवटा खोपको तुलनामा सस्तो रहेको बताइएको छ । यस खोपले विश्वव्यापि रुपमा ठूलो प्रभाव र योगदान पु-याउने आशा गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार फिजर – बायोएनटेक र मोडेर्नाका खोपका तुलनामा अक्सफोर्डको खोप स्टोर गर्न र एक ठाउँबाट अर्को स्थानमा लान बढि सजिलो रहेको छ भने यसबाट ९० प्रतिशत सुरक्षा दिनेछ ।