ट्रयाक्टरको ठक्करबाट पैदल हिँड्दै गरेका एक पुरुषको घटनास्थलमै मृत्यु

0
Shares

वीरगञ्ज ।

ट्रयाक्टरको ठक्करबाट पैदल हिँड्दै गरेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजे गादीटोलमै ना ६ त ७६७१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पर्साको पटेर्वासुगौली गाउँपालिका २ गादी निवासी ५० वर्षका ठग महतो थारुको मृत्यु भएको हो।

ठक्करबाट थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।