डा. गोविन्द केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

0
Shares

काठमाडाैँ ।

कोरोनाभाइरस संक्रमण भएका वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

डा. केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै डा. केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सोही ट्विटमा प्रधानमन्त्री ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने समेत बताएका छन् ।