नाम्खा गाउँपालिका ४ वडा शिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

0
Shares

अर्जुन बोहरा, हुम्ला ।

कोरोना पोजिटीभ चार जना लाई देखिएपछि हुम्लाको नाम्खागाउँपालिका ४नम्बर वडा क्षेत्रलाई तिन दिनका लागि शिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नाम्खागाउँपालिका ४ वडास्थिती संचालनभएका महाबोैद्ध मावि र छात्राबास क्षेत्र शिल गर्ने निणर्य गरेको हो ।

बैठकले सोही दिनदेखि स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा विद्यालय र माहाबौद्ध गुम्बा तिन दिन लागि बन्द रहने निणर्य गरेको हो । याल्वाङ्गमा सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने नाम्खा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताउनु भयो ।

नाम्खा गाउँपालिका अध्यक्ष लामाले ‘वडानं ४मा रहेका सबै गाउँपालिका बाट हुने सेवा बन्द गर्ने निणर्य गरिएको छ,भने आवतजावतमा पनि पूर्णरुप बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाएका छौं’ भन्नु भयो ।

हिमालीयन चिल्ड्रेन शोसाईटी छात्राबास लगायत ५ जना लाई एनटिजिन बाट चेक गर्दा पोजिटी देखिको उक्त पोजिटी भएका स्वाब संकलन गरि सुर्खेतमा चेक गर्दा कोरोना पोजिटीभ देखिएको जिल्ला स्वास्थ सेवा कार्यालय हुम्लाका प्रमुख पे्रम सिहले बताउनुृ भयो ।

कोरोना भाइरसको लागि नयाँ प्रविधी एनटिजिन भारतको कम्पनी बाट बनेको नयाँ प्रविधी बाट नाम्खा गाउँपालिकाको याल्वाङ्गमा चेकजाँच गर्दा उक्त कोरोना संक्रमण पोजिटीभ भेटिएको गाउँपालिका स्वाथ्य इकाई बताएको छ ।

कोरोना पुष्टि भएपछि नाम्खा गाउँपालिका विष्णु बहादुर लामाको अध्यक्षतमा बसेको बैठकले चार जना कोरोना पोजिटिभ
देखिका मानिस संग सम्र्पकमा आएकाहरु कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निणर्य पनि भएको छ ।

विद्यालयहरु पुनः बन्द
नाम्खा गाउँपालिका विद्यालयहरु पुनः बन्द हुने भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय कार्तिक १३ गतेदेखि सञ्चालनमा आएका थिए । कार्तिक १३ गते देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकाले अनिश्चितकालका लागि याल्वाङ्ग क्षेत्र सिल गर्ने निणर्य गरेसँगै विद्यालय पनि बन्द भएका छन्, विद्यालय सञ्चालनमा आएका भए पनि पछि गाँपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेकाबताए ।’

नाम्खा गाउँपालिका ४ नम्बर वडामा हिमालीयन चिल्ड्रेन शोसाईटीकोे छात्राबासमा र अन्य गरि ४ जनाको कोरोना सङ्क्रमणका कारण पोटिभी देखिएपछि शिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको नाम्खा गाउँपालिका कर्मचारी मोहन बहादुर शाहीले भनाई छ ।

शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको गाउँपालिका अध्यक्ष लामाले बताए।