नेकपाको सचिवालय बैठकः यस्तो भयो निर्णय


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । लामो समयको रस्साकस्सी पछि आज बसेको सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।

सचिवालय सदस्यहरुले अध्यक्ष ओलीले पठाएको पत्र र अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन दुवै अध्ययन गरेपछि मंसिर ३ गते बस्ने गरी स्थगित भएको छ