सार्कका महासचिव विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान दिने


न्युज अफ नेपाल, काठमाडौं ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको छ ।

धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको ‘द महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिसको निर्माणका लागि भोली लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको हो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा केन्द्रको निर्माण कार्य धमाधम भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण केही समय रोकिएको केन्द्रको काम पुनः सुरु भएको छ ।

लुम्बिनीमा भोली हुने हुने सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्तीले भाग लिनुहुनेछ । धर्म गुरु श्याल्पा तेन्जिन रिन्पोचले लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’को लागि एक रुपैयाँ दान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘महासिद्ध अभयारण्य विश्वव्यापी सौहार्द र शान्तिको बीउ छर्ने काम गर्छयस अभियानमा उदार हृदयको साथ सहभागी हुन सक्नुहुन्छ । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउनेछ ।’ यो सबैको परियोजना हो, यस परियोजनालाई समर्थन गर्न र अरूलाई प्रेरित गर्न सक्नुहुन्छ,सहयोगी दाताहरूको नाम रेकर्डमा राखिनेछ, उहाँले भन्नुभयो ।

धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सार्नुभएको छ । विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण भइरहेको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशहरुसँग सहयोगको आग्रह गर्नुभएको छ ।