डा. पोखरेलद्वारा राजिनामा

0
Shares

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गर्नुभएको छ । डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।