कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र धरायसी –मन्त्री भट्टराइ

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराइले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र धरायसी भएको बताउँनुभएको छ ।

महामारीका कारण करिब एक खर्ब रकम गुमाएको उहाँको भनाइ छ । सीता एयरको विमानबाट शुक्रबार विहान चन्द्रगढी विमानस्थल आउँनु भएका मन्त्री भट्टराइले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउँनुभएको हो ।

गएको चैत्रमहिनाबाट नेपालमा बन्दाबन्दी भइसकेपछि मासिक करिब १० अर्बजति पर्यटन क्षेत्रमा घाटा भएको तथ्याङ रहेको उहाँको भनाइ छ । कोरोना भाइरस बढीरहेको अवस्था भएपनि सुरक्षा मापदण्ड अपनाएर असोज महिनायताबाट आन्तरिक हवाइ यातायात सञ्चालनमा ल्याएको उहाँले जनाउँनुभयो ।

यही अवस्थामा वाह्य पर्यटनको सम्भावना नभएकोले आन्तरिक पर्यटनलाइ प्रबद्र्धन गर्न जरुरी रहेको धारणा उहाँको धारणा थियो ।

अन्तराष्ट्रिय उडान सुचारु भएपनि विश्वभर हाल ४६ प्रतिशत उडान रहेको उहाँले जनाउँनुभयो । विगतमा आउने र जाने एकसय १० देखि २० सम्म थिए भने त्यो सङ्ख्या अहिले ३२ रहेको उहाँले बताउँनुभयो । यो क्रम विस्तारै बढदै जाने उहँको भनाइ थियो । पर्यटन क्षेत्रलाइ माथि उठाउन हिमाल आरोहण, पद यात्रा होटल खोलिसकिएको उहाँले जानकारी गराउँनुभयो ।

कर्मचारी श्रमीकहरुलाइ टिकाउनका लागि ५० अर्बको पुर्नर उत्थान कोष सरकारले खडा गरेको उहाँले सुनाउँनुभयो । व्यवसायीले व्यवसाय सुचारु गर्नका निम्त ५ प्रतिशत ब्याज दरमा रकम लिन सक्ने कार्यविधि मन्त्री परिषदबाट जारी हुने तयारीमा रहेको उहाँको भनाइ छ ।

विदेशी नागरिकलाइ पर्यटन भिषा खुला गरिने सोच बनाएकोले पुरानै लयमा फर्किन समय लागेपनि विस्तारै पर्यटन क्षेत्रले गति लिने उहाँको धारणा थियो ।

यता चन्द्रगढी विमानस्थलको विषयमा स्थानीय, सरोकारबाला,जनप्रतिनिधि राखेर गत वर्ष मास्टर प्लान प्रस्तुत भइसकेको उहाँको भनाइ छ । केही सुझावहरु आएकोले अब टुङ्गोमा पुर्याउने र विस्तार गर्ने नीति रहेको उहाँले जनाउँनुभयो ।

विमानस्थलमाबाट बाहिरीएका मन्त्री भट्टराइ नेपालको होचो भू–भाग झापाको कचनकवल र एतिहासिक धार्मिक पर्यटन स्थल किचकबधको स्थलगत भ्रमण गरी शुक्रबार काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।