‘ओली फेरि एकतालाई बिर्सेर पुरानै बाटोमा’

0
Shares

 

सिन्धुली, (नेस)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूू निकटका नेताहरुलाई जनताको बहुदलीय जनवाद (जबज) को औचित्यबारे बताउँदै हिँड्न थालेकाले प्रधानमत्री ओली फेरि एकतालाई बिर्सेर पुरानै बाटो हिँड्न थालेको हो कि भन्ने भान हुन थालेको बताउनुभएको छ । पूूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले बिहीबार नेकपा सिन्धुलीका नेता कार्यकर्तासँगको भेटमा उक्त कुरा बताउनुुभएको हो ।
‘सबै पक्षलाई संयम हुनका लागि र पार्टी एकताबद्ध भएर जानका लागि आग्रह गरिरहेका छौं । एकताको पक्षमा काफी मात्रामा मेहनत गरिरहेका छौं । नेतृत्वबीचको विवाद चर्किन नदिन, मत्थर बनाउन सल्लाह, सुझाव दिने, दबाब दिने कामहरु पनि भएको छ ।’ –उहाँले भन्नुभयो । स्थायी कमिटीले सुझाव दिए पनि निर्णायक भूूमिका दुई अध्यक्षकै हुने भएकाले पार्टी एकताका लागि दुवै अध्यक्षले नै बढी मेहनत गर्नुपर्ने उहाँकोे भनाइ छ ।
यदि नेकपा फुटेमा नयाँ बन्ने दुवै पार्टीलाई जनताले विश्वास नगर्नेसमेत रायमाझीको दाबी छ ।