नेपाल संवतलाई सांस्कृतिक अभियानका रुपमा मनाउन आग्रह

औपचारिक सभा–समारोह नहुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना संक्रमणले गर्दा यस वर्ष नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा औपचारिक सभा, समारोह नहुने भएको छ ।

यस वर्षको नेपाल संवत् मंसिर १ गते सोमबार (कछलाथ्व प्रतिपदाको दिन) मनाउने निर्णय गरिएको छ । यसपटक कोरोना संक्रमणका कारणले विगत वर्षमा झंै भिन्तुला ¥याली, मोटरसाइकल ¥याली, मण्डला प्रतियोगितालगायत सांस्कृतिक, मनोरञ्जात्मक कुनै कार्यक्रम नहुने न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रम नगर्न पनि समितिले सावर्जनिक अपिल गरेको छ । कोरोना महामारीका कारण भीडभाड गर्न नहुने भएकाले सांकेतिकरुपमा सकभर कम मानिस जम्मा भएर नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको सालिक वा तस्वीरमा माल्यार्पण गर्ने, सभा, सम्मेलनको साटो भर्चुअल बैठक गर्नसमेत समितिले आह्वान गरेको छ ।

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू, न्हूदँ समारोह समिति–११४१, न्हूदँ समारोह समिति ललितपुर, नेपाल भाषा मंका खलः काठमाडौं र ललितपुर र राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पदाधिकारीले संयुक्त विज्ञप्तिमार्फत सो आह्वान गरेका हुन् ।

नेपाल संवत् आन्दोलनका प्रवर्तक पद्मरत्न तुलाधरप्रति श्रद्धा अर्पण गर्दै उहाँको राष्ट्रिय एकता, सांस्कृतिक अधिकारको विचारअनुरुप चल्ने संकल्प गर्नुपर्ने पनि समिति आंैल्याएको छ । नेपाल संवत् नयाँ वर्ष मनाउने कार्य उत्सव मात्र नभई एउटा सांस्कृतिक अभियानका रुपमा लिएर राष्ट्रिय संवत्को मान्यताअनुरुप काम अघि बढाउन ध्यानाकर्षण गर्नुपर्ने पनि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले बताउनुभयो ।

नेपाल संवत्लाई सरकारले राष्ट्रिय मान्यता दिइसकेको छ । त्यसै गरी यसका प्रवर्तक शंखधर साख्वालाई सरकारले राष्ट्रिय विभूति घोषणा गरिसकेको छ । अतः यस संवत्को व्यावहारिक कार्यान्वयन गर्न राज्यले नीति बनाउनुपर्ने समितिका अध्यक्ष महर्जनले बताउनुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाको विषयमा राष्ट्रिय पाठ्यक्रममा राख्न पहल गर्ने, संघ, प्रदेश र स्थानीय तहले आफ्नो लेटर प्याडमा नेपाल संवत्को प्रयोग गर्न ध्यानाकर्षण गराउन पनि पहल गर्नुपर्ने पनि समितिले जनाएको छ ।

२०५७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूति र २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेका थिए । राष्ट्रिय संवत्को मान्यता पाए पनि यसको प्रयोगका बारे राज्यले स्पष्ट दृष्टिकोण नबनाएको सरोकारवालाले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।