आज देशभर थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,कठमाडौं ।

बिहीबार(आज ) थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

हालसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।