हङकङमा सामुहिक राजिनामा दिने विधायकको भत्सर्ना


बेइजिंग,(एजेन्सी)

चीन सरकारले संसदमा सामुहिक राजिनामा दिएर हंगकंगका विपक्षी विधायकहरुले सरकारलाई लज्जित पार्दै खुल्ला चुनौती दिएको जनाएको छ । ससंदबाट आफ्ना पक्षका चार जना विधायकलाई निलम्वन गरेको रिसको झोंकमा विरोध स्वरुप बुधवार पन्ध्र जना विधायकले सामुहिक राजिनमा दिएका हुन् ।

बेइजिंगले भने राष्ट्रि सुरक्षामा नै आँच पु¥याउने खालका देखिएकाले ति चार जना विधायकलाई वर्खास्त गरिएको बताएका छन् ।
तर अधिकांश राजनीतिक विशलेष्कहरुले बेइजिंगको यस कदमलाई अभिव्यक्ति स्वतन्त्रता लगायत हंगकंगको अन्य अधिकार खुम्च्याउने प्रयासको रुपमा हेरेका छन् । तर बेइजिंगले तिनीहरुका यस्तो आरोप अस्विकार गरेको छ ।

चीनको हंगकंग तथा मकाउका मामिला हेर्ने कार्यालयले विहिवार सामुहिक राजिनामाले चीनको सरकारी निकाय , आधाभूत कानुनर हंगकंगको लघु संविधानलाई खुल्ला चुनौति दिएको आराप लगाएको छ । साथै ति विधायकहरुको यस गतिविधिले तिनीहरु केन्दि«य सरकारको विरोध गर्न जिद्धि भएर लागिपरेको देखिाएको पनि बताइएको छ ।

सो निकायका प्रवक्ताले यदि तिनीहरुले राजिना दिएर विपक्षी समुहलाई उक्साउन खोजेको वा विदेशी हस्तक्षेपका लागि याचना गर्न लागेका हुन् भने तिनीहरुको योजना गलत भएको बताएका छन् ।बुधवार चीनले हंगकंगको स्वाधिनताको समर्थन गर्ने , चीनको सार्वभौमिकता अस्विकार गर्ने, विदेशी फौजलाई शहरको मामिलामा हस्तक्षेप गर्न आग्रह गर्ने वा राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने विधायकलाई वर्खास्त गर्ने सकिने प्रस्ताव पारित गरेको थियो ।

त्यसको लगत्तै सो नयाँ पारित प्रस्तावना अनुसार हंगकंगले नगरको विधायक परिषदका चारजना विपक्षी विधायकलाई वर्खास्त गरिएको घोषणा गरेको थियो । सत्तरी सिटको यस विधायक परिषदमा एकाइस जना विपक्षी विधायक रहेका छन् । नगर परिषदका ति चार विधायकले आगामी निर्वाचनमा उम्मेदवारी दिन पनि नपाउने जनाएका छन् । सन् २०२० को सेप्टेम्वरमै हुने भनिएके सो चुनाव कोरोना भाइरस महामारीको कारण आगामी वर्षका लागि पर सारिएको थियो ।