ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु

0
Shares

काठमाडौँ ।

बिहीबार बिहान काठमाडौँको कलंकीमा रहेकाे मकालु पेट्रोल पम्प अगाडी ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।