प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो ।

उहाँको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयनतीका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”