शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम औपचारिक मात्रै

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

आगामी मंसीर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुदै आएको माल्र्यापण कार्यक्रम औपचारिकतामा मात्रै सिमित गरिने भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

प्रतिष्ठान अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले यस वर्ष कोभिड–१९ का कारण विगतका वर्षहरुमा झै भव्य रुपमा कार्यक्रम नगरी औपचारिकतामा मात्रै सिमिति गरिने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शंखधर साख्वाःको शालिकमा माल्र्यापण मात्रै गर्नका लागि आइदिन आग्रह गरिएको बताउदै उहाँ आउन नसक्ने परिस्थिति आएमा सरकारका प्रतिनिधित्व गराएर भिडियो सहितको शुभकामना सन्देश पठाउन पहल भइरहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा रहने माल्र्यापण कार्यक्रमलाई छोटो कार्यक्रम गर्ने गरी विगतका परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी ,नगरपालिकाका पूर्व प्रमुख एवं मदनकृष्ण श्रेष्ठ ,प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धर तथा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, भिन्तुना ¥यालीका संयोजक प्रदीप जामुन श्रेष्ठले कार्यक्रम औपचारिकतामा मात्रै मनाउने तयारी गरेको बताउनुभयो ।