न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस


काठमाडौं ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ । बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो । बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।