जुलियस सिजरको सिक्काको ३५ लाख डलरमा बिक्री


लन्डन,(एजेन्सी)

जुलियस सिजरको हत्याको स्मरणमा निकालिएको एउटा स्वर्ण मुद«ा वेलायतमा आयोजत एक लिलाम बढाबढमा ३५ लाख अमेरिकी डलरमा बिक्रि भएको छ । रोमन नेता सिजर मारिएको दुई वर्षपछि सो मुद्रा निष्कासित गरिएको थियो । रोमा नमिस्म्याटिक्सद्वारा संचालित लन्डन लिलाम गृहले सो इसा पुर्व ४६ को सिक्का लिलाम गरेको हो ।

यस सिक्कामा सिजरको हत्यामा संलग्न नेताहरु मध्ये एक मार्कस् जुनियस ब्रुटसको विम्व रहको छ । साथै यसमा दुईवटा छुराका चित्र र ‘ इद मार ’ शब्द अंकित छन् । ‘ इद मार ’ अर्थात इदेस अफ मार्चले उनी मारिएको तिथि १५ मार्चलाई इँगित गर्दछ । दुरुस्त यस्तै खालका झण्डै १ सय वटा चाँदीका सिक्का अस्तित्वमा रहेको बताइन्छ । तर स्वर्ण सिक्का भने तीनवटा मात्र निकालिएको थियो ।

यति महँगो दाममा नाम नखुलाइएका एकजना शौखिन सग्रहकर्ताले सिक्का किनेका हुन् । लिलामकर्ताहरुले यो सिक्का विश्वमै अहिले सम्म लिलाम भएका मध्ये सबैभन्दा महँगो सिक्काको किर्तिमान राख्न सफल भएको बताएका छन् ।

यस अघिको किर्तिमान अनुसार सन् २०१२ मा एउटा प्राचिन ग्रिक स्वर्ण सिक्का ३२ लाख ५० हजार अमेरिकी डलरमा बिक्रि भएको थियो । त्यसैगरी यस अघिको सबैभन्दा महँगो रोमन सिक्का सम्राट हादि«यनको पालाको काँसको सिक्का मानिन्छ । त्यो सन् २००८ मा २५ लाख डलरमा बिक्रि भएको थियो ।