ट्रम्प र ह्यारिसको चुनावी सफलताका लागि भारतमा पूजापाठ

0
Shares

नयाँदिल्ली,(एजेन्सी)

अमेरिकामा निर्वाचन शुरु हुन अघि मंगलवार अमेरिकी उप राष्ट्रपतिय उम्मेदवार कमला ह्यारिसका समर्थकहरुले भारतस्थित ह्यारिसको पुख्र्यौली गाउँ नजिक उनको सफलताको कामना गर्दै पुजा अर्चना र प्रार्थना गरिएको छ । त्यसैगरी कट्टरपन्थि हिन्दु समुहले ह्यारिसकै प्रतिद्वन्द्वी रिपब्लिकन डोनाल्ड ट्रम्पको चुनार्वी जितका लागि पुजा पाठको आयोजना गरेको छ ।

ह्यारिसको मावली तर्फको हजुरबुबा जन्मेको दक्षिणी भारत क्षेत्रका मानिसहरु पारिवारिक सम्बन्धका कारण डेमोक्र्याटिक पार्टीका ह्यारिसले चुनावी सफलता हासिल गरुन् भन्ने चाहन्छन् । त्यसैगरी पचास लाख हिन्दुहरुको एक समुहले भने भारतको प्रमुख प्रतिस्पर्धि मुलुक चीन र पाकिस्तानलाइृ ठीक ठाउँमा राखन्का लागि ट्रम्प पुन निर्वाचित होस् भन्ने चाहेको हो ।

धुलासेन्द्रपुराम गाउँको एउटा विशेष मन्दिरमा आयोजित सो धार्मिक कार्यक्रममा ह्यासिरसका हजुरबुबाको पनि सहभागिता रहेको थियो । सो मनिदर नजिकको आर. मानिकान्दम नामक पसलेले एकजना स्थानिय राजनीतिज्ञले करिव विसजना गाउालेको उपस्थितीमा हिन्दु मुर्तिमा दुध खन्याएर मन्त्रहरु पठ गराउने ‘ अभिषेकम ’ कार्यक्रम सम्पन्न गराएको बताएका छन् ।

साथै उनले सो दुर्लभ कार्यक्रमकोबारे समाचार संकलन गर्न स्थानिय र र अन्ततर्राष्ट्रिय संचार माध्यमका पत्रकारहरु १छ वटा भन्दा कार र मोटरसाइकलमा त्यहाँ आइपुगेको बताएका छन् ।

नजिकैको एउटा शहरको क्रिक्रेट संघका अध्यक्ष रहेका आर.आर.कालीदास भण्डायार नामक एक व्यापारीले पनि ह्यारसका लागि आषिश प्राप्त गर्न १ सय ५० व्यक्तिलाई निशुल्क खाना ख्वाउने योजना बनाएका छन् । यसैबिच राजधानी नयाँ दिललीमा हिन्दु सेना नामक समुहका झण्डै दुइ दर्जन् सदस्यले ट्रम्पको विजयका लागि एकजना पुरोहितलाई पाठ गराइरहेका छन् ।