बालविवाह गराइएकी किशोरीको उद्धार


इस्लामावाद,( एजेन्सी )

पाकिस्तानमा प्रहरीले जवर्जस्ती विवाह गराइएकी एकजना १३ वर्षिया किशोरीलाई जोगाएका छन् । अपहरण गरी ति इसाइ किशोरीलाई धर्म परिवर्तन गराई एक मुश्लिम पुरुषसंग विवाह गराइएको थियो ।

नाम नखुलाइएका ति किशोरीका अभिभावकले अली अझार नामक एक ४४ वर्षिय पुरुषले छोरी लाई अपहरण गरेको उजुरी गरेपछि झण्डै एक महिना देखि प्रहरीले उनको खोजी गदै आएका थिए ।

किशोरी स्वयमले आफु अठार वर्ष पुगिसकेको र आफुले स्वेच्छाले विवाह गरेको वयान दिएकीले यस अघि सम्म यस विाष्यमा कारवाही बढाउन असफल रहि आएको थियो । तर सामाजिक अभियनताहरुका दवाव समुह र जन आक्रोशको कारण प्रहरीले कारवाही अघि बढाएका हुन् ।

पाकिस्तानका क्याथोलिक चर्चका नेताहरु र मानव अधिकारवादी समुहहरुले बाल विवाह गराई ति किशोरीलाई जवर्जस्ती झुठो वयान दिन बाध्य पारिएको भन्दै अदालतको निर्णय माथि पुनर्विचार गर्न आव्हान गरेका थिए । पाकिस्तानको कराँची शहरमा यस विाष्लाई लिएर सडमा पनि विरोध प्रदर्शन भएको थियो । सामेवार सिन्ध उच्च अदालतले किशोरीलाई खोज्न प्रहरीलाई आदेश दिएको थियो ।