युवा जती खाडिमा नेता जती चिल्ला गाडिमा, कहिले बन्छ देश ?



ईन्दिरा शर्मा ।

१०४ वर्षको एक तन्त्रीय (जहानिया) राणा शासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्रको उदय भएपनि नेपालीहरुले निरंकुश पञ्चायती व्यबस्थामै मढारिनु नै पर्यो २०३८ सालमा सुधारिएको पन्चायती व्यबस्था लागु गरियो मात्र । के के न पाइएला भनेर रगतको खोलो बगाएर आन्दोलन गर्नै चाहि मृत्युलाई अगाल्नपुगे, कसैलाइ चाहि हिस्स बूढी खिस्स दाँत बनाइदिए अडर दिने चाहि मोजमस्ति मै रुमलिदै छन् ।

२०४६ साल मा राजा विरेन्द्रले बहुदलिय प्रजातन्त्र यिनै नेताको हातमा सुम्पिदिए यिनका हातमा सुम्पिएपछि बहुदलिय व्यवस्थाको झन धज्जी उडाइयो । भनिन्छ राम्रो मान्छे भगवानको प्यारो हुन्छ भन्थे त्यहीं भएर होला २०५८ साल जेष्ट १९ गते आफ्ना सन्तान आफैसंगै लिएर यस घर्तीबाट अन्तरध्यान भएँ ।

अझै पनि नेपाली जनताले राजा विरेन्द्रका सन्तानलाई विर्सिन सकेका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्र तँ भएँ तर जनताले अर्थ सास्त्रको सिद्धान्त अनुसार एक पछि – अर्को आवश्यकता खोज्दै जादा २०६२ साल चैत २४ गते हिंसात्मक आन्दोलन गरिरहेका मावोवादीलाई समेत समावेश गरी दोस्रो जनआन्दोन सुरु गर्यो र १९ दिनमै २०६३ साल वैशाख ११ गते राज्यको निरंकुश अधिकार ढल्यो करिब अढाइ सय वर्षको राजतन्त्र समाप्त गरी गणतन्त्रको जग बसाल्यो र वैशाख ११ गते जनताको अधिकार यिनै जनप्रतिनिधिहरुको हातमा सुम्पेर राजा ज्ञानेन्द्रले निरंकुश राजतन्त्र शासन त्याग्न बाध्य भएँ ।

तर अहिले गणतन्त्र भनेको के हो भनेर यिनै नेताद्धयलाइ सोध्नु पर्ने अवस्था छ । जति आन्दोलन गरेँ पनि जति बलिदान दिए पनि राजनिति स्थिरता कायम हुन सकेन बरु तासको पत्ता फेरिए झै हरेक वर्ष नेता परिवर्तन भएँ मान्छे परिवर्तन भएँ तर सोच परिवर्तन भएन वर्षौ देखी पुराना चेहरामा देश रुमलिरह्यो ।

अबत देशमा सुधारका लागि नेताहरूको घैटोमा घाम लाग्ला भनेको तँ झनझन बुद्धि भ्रष्ट पो हुँदैगयो । चुनावमा गरिएका वाचाहरु चप्पल लगाएर भोट माग्नेहरु राजधानी छिरेर सरर चिल्ला गाडिमा चढेपछी सब विर्सिदा भए । युवा जती खाडिमा नेता जती चिल्ला गाडिमा भनेर मन दुखाउनु शिवाए केही छैन ।

चिल्ला गाडिमा चढेर ५ तारे होटलमा सेमिनार गोष्टी गर्र्दै देशको ढुकुटी रित्याउदै विदेश भ्रमण गर्र्दैमा देश परिवर्तन हुदैन ?
देश अहिले पनि पुरानै पिढिमा अडिरह्यो बाजेका पालामा पनि यिनै नेता , बाउका पालामा नि यिनै ,मेरा पालामा नि यिनै छोरा नातिका पालामा नि यिनै कस्तो जन्मिदै भाविले लेखेर ल्याएछ जहिले पनि सत्तामा पौडी खेल्ने ।

जबसम्म नयाँ सोच, नयाँ ढङ्ग र नयाँ विचारका साथ भ्रष्टाचार मुक्त सोचको विकास सहित नयाँ युवापुस्तामा सत्ता हस्तान्तरण हुदैन तबसम्म देशमा आमूल परिवर्तन आउदैन । जनता भनेको चुनावका भोटर मात्र हुन भन्ने सम्झिने नेताहरू चुनाव जितेर गएपछि मेमोरी पावर लस हुन्छ की क्या हो ? जनता नै चिन्दैनन् ।

काठमाण्डौ शहरको संसद भवन छिरे पछि तिनका पिए तिनका सुरक्षाकर्मी पो ठुला भेट्नु तँ के फोन नै उठ्दैन पिए ले पो फोन उठाएर उहाँ व्यस्त हुनुहुन्छ मलाइ भन्नुस भन्छन् । चुनावमा भोट माग्न आउदा हामीले कहिले फुर्सद छैन भनेयौ, अझै उल्टै तिनीहरूलाई खुवाएरै पठाउथ्यौ तर चुनाव जिते पछि ति बेफुर्सिला भएँ ।

यी जनता जनार्दन पनि कम छैनन जति रिस उठे पनि फेरी अर्को चुनाव आएपछि १ थाल मासु र भातमा उही पुरानै पार्र्टी जिन्दावाद भन्नेले गर्दा आज नेपालमा सामन्तवादिले शासन गर्न छोडेनन् ।

भ्रष्ट्चार गर्नै ,बलात्कारी ,चोरि डकैतिलाई ढाँकछोप गर्नै सोझा सादा जनता दबाउने आफन्तलाई मात्र काखि च्याप्ने सरकार के सरकार ?
जोसुकै होस न, कानुनको दायरामा ल्याउन सक्नु पर्छ कानुन सबैमा समानुपातिक हुनुपर्छ नातावाद कृपावाद छोड्नु पर्छ अनि मात्र देश बन्छ । नेपाल एउटा भुपरिवेष्टित देश हो भनेर पढेको थियौ । तर यस्तो देशमा सांसदको दायरा ठूलो मन्त्री मण्डलको दायरा ठुलो बनाउन के जरुरी थियो ? २७५ प्रतिनिधि सभाका संसद र ६० जना राष्ट्रिय सभाका सांसद बनाउनु के जरुरी छ? यस्लाइ कम गरेर सुविधाहरुलाई घटाउदै जनतामा केन्द्रित हुन जरुरी छ घाँटी हेरेर हाड निल्नु पर्छ ।

यो मियो बिनाको दाँई कहिले सम्म हेर्ने हो ? गास, बास ,कपास भन्ने सब्दमा मात्र सीमित रह्यो जनता सडकमै रात बिताउन बाध्य छन् । सरकार त्यस्लाइ देखेँ पनि नदेखे झै गरेर हिँड्नमै खुसी छ खोइ हाम्रो शिक्षा?,खोइ हाम्रो स्वास्थ? ,खोइ हाम्रो रोजगार ? सरकार तिमी तँ छौ ?

सरकारका आफन्तलाइ खाएर डकार्नै पुगेकै छैन । यिनीहरूको आफन्तको भागबन्डामा रुमलिदा ( रुमलिदै देश स्वाहा हुने भो । अब तँ उठ् जनता उठ् जनता अति भो चुप बस्दा क्षति भो । अब आम नागरिक प्रति प्रतिबद्ध,सुशासन अगाल्न सक्ने र सामुहिकतामा विश्वास गर्नै युवा जस्ले नागरिक,स्वतन्त्रतालाई आत्मसाथ गरी राज्यको नागरिक प्रतिको भुमिका निर्वाह गर्न सकोस् ।

ठुलालाई चैन सानालाइ ऐन कहिले सम्म कुर्दै बस्ने हो ? जनताको आशालाइ सधैं निराशामा धकेल्ने न्याय आफ्नो मुठ्ठि भित्रै कैद गर्ने नेता पनि नेता हुन र ? यिनीहरूले न जनता बनाउँछन न तँ देश नै यी आफै मात्र बन्छन र भुडि नफुन्टुन्जेल सम्म बिटो कुम्ल्याएर सबैतिर कोचेर मोटाउने काम गर्छन् ।

अबको बुलन्द आवाज भनेकै देश भरिका युवाहरुबाट नेतृत्व लिनै पर्छ । अनि मात्र देशका जनता र देश बन्छ आशा गरौं देश बनाउने जिम्मा पनि हाम्रै काधमा पो आइपर्ने हो की ? जयदेश ।

(नोट :लेखक किष्ट मेडिकल कलेजका स्वास्थ्यकर्मी हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्