अठ्चालिस वर्षपछि बाबुछोराको मिलन

0
Shares

वासिंगटन,(एजेन्सी)

झण्डै अड्चालिस वर्ष देखि कुनै सम्पर्क नरहेका बाबुछोराको अमेरिकाको पेनसिल्भानिया विमानस्थलमा भावुक पुनर्मिलन भएको छ । यस अभुतपुर्व पुनर्मिलनका लागि तिनीहरुका एक नतेदार महिलाले निरन्तर सामाजिक संजाल फेसबुकमा खोजि गरेर सहयोग गरेकी थिइन् । नर्थम्वरल्यान्ड काउन्टि निवासी पिता बिल प्याट्रिकले युताह निवासी आफ्नो छोरा बिल प्याट्रिकलाई पाँच वर्षको उमेर छँदाखेरी देखि नभेटेको बताएका छन् ।

बिल जुनियरले भनेका छन् , ‘ मेरो बिचारमा मेरी आमाले सन् १९७३ मा इस्टर पर्वको भोलिपल्ट मलाई र मेरी दुई दिदी बहिनीलाई लिएर जानु भएको थियो । मैले मेरो जन्म दर्ता प्रमाण पत्रमा रहेको बुबाको नाम मात्र चिन्थें । ’

त्यसैगरी पिताले पनि आफु र आफ्नो परिवारले लामो सममयदेखि आफ्ना सनतानको खोजि गरिरहेको बताएका छन् । उनका अहिले चार नातीनातीना र पाँच जना पनाती छन् । उनले आफ्नी बहिनीले फेसबुकमा हुलिया देखि नाम र अन्य कुरा आफुसंग मिलेको आधारमा छोरोको पहिचान गरेको बताएका छन् ।