वैज्ञानिकहरुले मानव शरीरमा नयाँ अंग पत्ता लगाए


आम्स्टरडम (एजेन्सी)

नेडरल्यान्डका वैज्ञानिकहरुले संयोगबस मान्छेको घाँटीमा एक नयाँ अंग पत्ता लगाएका छन् । ती वैज्ञानिकहरु प्रोस्टेट क्यान्सर रोगको अध्ययन गरिरहेका थिए, जब उनीहरुले यो अंग फेला पारेका थिए । नेडरल्यान्ड्सको क्यान्सर इन्स्टिच्युटका अनुसन्धानकताहरुले घाँटीको माथिल्लो हिस्सामा दुई र्याल गन्थि फेला पारेका हुन् जसलाई ट्युबेरियल सलाइवरी ग्ल्यान्ड नाम दिइएको छ ।

रेडियोथेरापी एन्ड अन्कोलजी जर्नलमा प्रकासित सोधमा अनुसन्धानकर्ताहरुले करिब एक सय विरामीमा गरिएको अध्ययनमा उक्त ग्रन्थी रहेको पुष्टी गरेका छन् । यस खोजले क्यान्सरको उपचारमा मद्दत मिल्न सक्ने आशा गरिएको छ । अहिलेसम्म नाक पछाडीको यो हिस्सा (नेसोफ्यारिंक्स)मा केही पनि हुँदैन भन्ने धारणा थियो ।

त्यसैगरी तीन र्याल ग्रन्थी पनि जिब्रो मुनी, बंगारा मुनी र बंगारा पछाडी हुन्छ भन्ने थियो ।सोधले यो ग्रन्थी साढे १ इन्चको भएको दावी गरेको छ । यो टोरस ट्युबेरियस नामको कार्टिलेजको एक हिस्सा माथि हुने गरेको छ । सम्भवत यसको काम नाक र मुखको पछाडी घाँटीको माथिल्लो हिस्सालाई चिप्लो पारिराख्नु हुन सक्छ ।

अनुसन्धानकर्ताहरुले प्रोस्टेट क्यान्सर सेल्सको पीएसएमए पीईटी (सीटी टेक्नोलोजीबाट अध्ययन गरिरहेको बेला यो ग्ल्यान्ड फेला पारेका हुन् । यसमा सीटी स्क्यान र पोजिट्रोन एमिसन छामोग्राफीको प्रयोग गरिन्छ । यसले र्याल ग्रन्थी खोज्न पनि मद्दत गर्छ ।

रेडियोथेरापीमा विरामीको सलाइभा ग्ल्यान्डलाई बचाउने प्रयास गरिन्छ, ताकी विरामीलाई खान, बोल्न वा निल्नमा कुनै समस्या नहोस् । अहिलेसम्म डाक्टरहरु अरु पनि सलाभरी ग्ल्यान्ड रहेकोमा अनभिज्ञ थिए । यस खोजले अब रेडियो थेरापीमा यसलाई पनि बचाउने प्रयास गरिने छ । जसले क्यान्सको उपचारमा हुने साइड इफ्क्टसलाई कम गर्न सकिनेछ ।