कोरोनाको निःशुल्क उपचार नगर्ने सरकारी निर्णय तत्काल सच्याउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णय तत्काल सच्याउन नेपाल जनस्वास्थ्य संघ (नेफा)ले माग गरेको छ । नेपालले कोरोना परीक्षण र उपचारसम्बन्धी असोज १९ को निर्णय र कार्तिक २ को प्रेस ब्रिफिङअनुसार कोरोना संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नगर्ने र संक्रमित व्यक्ति स्वयंले गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारी कमीकम्जोरीका कारण नेपालमा संक्रमण दिनानुदिन बढ्दै आम नागरिकको स्वास्थ्यमा मात्र नभई सामाजिक र आर्थिक क्षेत्रमा समेत असर परेको संघको ठहर छ । संघले प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउने संवैधानिक व्यवस्थाविपरीतको सरकारी निर्णयले बहुसंख्यक नागरिकलाई संवैधानिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गरेको संघका अध्यक्ष श्रीकृष्ण भट्टद्घारा हस्तक्षरित विज्ञाप्तिमा उल्लेख छ ।

संघले सरकारी निर्णय सच्याउदै सबै सरोकारवालाहरुसँग उचित समन्वयगरी महामारीको प्रभावकारी प्रतिकार्यका लागि गम्भीर हुन संघले अनुरोध गरेको छ ।