अफिनका अध्यक्ष बसन्त चौधरीलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

निजी अस्पतालहरुको साझा संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष एवं नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको उहाँ आफैले टुईट मार्फत सार्वजनिक गर्नुभएकोछ ।

चौधरीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जनाउँदै पाँच दिनयता आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई चिकित्सकको सल्लाह लिन र सचेत रहन आग्रह गर्नुभएको छ ।

उहाँले कोरोनाको केही लक्षणहरु आफुमा मिलेकाले परिक्षण गराई संक्रमण पुष्टिपछि आफ्नो स्वास्थ्य सामान्य रहेकाले घरमै आइसोलेसनमा बसेको उल्लेख गर्नुभएको छ ।