भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख काठमाडौंमा

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल अकस्मात काठमाडौं आएका छन् । उनी आज दिउँसो चाटर्ड बिमानमार्फत् काठमाडौ आएका हुन् ।

उनी के कति कामका लागि आए र नेपाल कहिलेसम्म बस्छन् भन्नेबारे कुनै जानकारी नभएको सुरक्षा स्रोत बताउँछ । यद्यपी उनी काठमाडौं आईपुगेको भने पुष्टि भएको छ ।