काठमाडौं उपत्यकामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार काठमाडौं उपत्यकामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २३९१ जना, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै आज देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २६ कोरोना संक्रमितको मृत्यु मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। यस्तै आज २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका डा. गौतमले बताए ।