हेटौंडा–काठमाडाैं अब ५५ किलोमिटरमात्र


हेटौंडा, (नेस)।

प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोडिने कम दुरीको मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ ।

भीमफेदीदेखि कुलेखानी हेबीसम्मको जटिल १६ किमि बाटोलाई ३.२१ किमि सुरुङ निर्माण गरी सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने.कुलेखानी हेबीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भीमफेदी कुलेखानी सुरुङ निर्माणपछि फाष्टट्रयाकको कोगटे दोभान खण्डमा सडक जोडि“दा हेटौंडाबाट काठमाडांै ५५ किलोमिटरमात्र हुनेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, पूर्वाधार विकास मन्त्री रामेश्वर फुया“ल, योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका पूर्वाधारविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, पूर्वाधार विकास मन्त्रालयका सचिवलगायत प्राविधिक टोली, नेपाली सेनाका प्राविधिक समूहले शनिबार स्थलगत अनुगमन गरेको छ ।

अध्ययनलाई तत्काल अगाडि बढाएर सोहीअनुसार डिजाइन गरी कार्य अगाडि बढाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।