चर्चित ‘रकका मोजार्ट’ भ्यान ह्यालेन अलबिदा


लन्डन, (एजेन्सी)
विश्वविख्यात रकगायक एडि भ्यान ह्यालेनको मंगलबार संयुक्त राज्य अमेरिकाको सान्टा मोनिकास्थित प्रोभिडेन्स सेन्ट जोह्न्स हेल्थ सेन्टरमा निधन भएको छ । उनको सन् १९५५ को २६ जनवरीमा नेडरल्यान्डसको एम्सटर्डममा भएको थियो ।
वास्तविक नाम एडवर्ड लोडविज्क भ्यान हयालेन रहेका उनी अमेरिकी रक ब्यान्ड ‘भ्यान हयालेन’ का प्रमुख गीतकार तथा लिड गिटारिस्ट हुन् । उनले सन् १९७२ मा आफ्ना ड्रमर भाई एलेक्स भ्या ह्यालेनसँग मिलेर खडा गरेको यस ब्यान्डमा ब्यासिस्ट मार्क स्टोन र गायक डेविड लि रोथ रहेका छन् । उनले सन् २००९ मा ज्यानी लिस्जेव्सकीसँग विवाह गरेका थिए । साथै उनले सन् १९८१ देखि २००७ सम्म भ्यालेरी बर्टिनेल्लीसँग वैवाहिक जीवन यापन गरेका थिए । उनका एक सन्तान वोल्फगान्ग भ्यान ह्यालेन छन् ।

पाँच दशक लामो आफ्नो सांगीतिक जीवन यात्राको दौरान स्वर्गीय रक गायक एडि भ्यान ह्यालेनले बिलबोर्ड हिट चार्टमा थुप्रै गीत छाडेर गएका छन् । थुप्रै वाद्यवादन यन्त्र कुशल ढंगले बजाउन खप्पिस गायक तथा गीतकार उनको भ्यान हयालेन ब्यान्डबाट निस्केको एल्बम बिलबोर्ड २०० चार्टको पाँचौं स्थानमा रहन सफल भएको छ । साथै उनका २० वटाभन्दा बढी गीत बिलबोर्ड हट १०० चार्टभित्र रहेका छन् ।
त्यसमध्ये उनको १९८४ को अत्यन्तै हिट गीत ‘जम्प’ पनि रहेको छ । हट १०० भित्रको भ्यान ह्यालेनको सबभन्दा बढी हिट गीतमा यही ‘जम्प’ पर्दछ । यो गीत लगातार पाँच सातासम्म हट १०० को शिर्ष स्थानमा रहन सफल भएको थियो ।
माइकल ज्याक्सनको ‘बिट इट’ बोलको गीत नम्बर वन हिट भएको एक वर्ष बित्न नपाउँदै जम्प चर्चा आएको थियो । सन् १९८३ को ३० अप्रिलमा चार्टको पहिलो स्थानमा पुगेको माइल ज्याक्सनको बिट इटको म्युजिक भिडियोमा भयन ह्यालेनको एकल गितार प्रस्तुति समेटिएको थियो । हट १०० चाटमा रहेका ह्यालेनका उत्कृष्ट दश गीत यस्ता छन् ।
१. ‘जम्प’ पहिलो स्थान (पाँच सातासम्म) १९८४, २. ‘ह्वाइ क्यान्ट दिस बि लव तेस्रो स्थान १९८६, ३. ‘ह्वाइ इटु लव पाँचौं स्थान १९८८, ४. ‘फिनिस ह्वाट या स्टार्टिड’ तेह्रौं स्थान १९८८, ५. ‘ओह) प्रिति वुमन’ बाह्रौं स्थान १९८२, ६. ‘आई विल वेट’ तेह्रौं स्थान १९८४, ७. ‘पानामा’ तेह्रौं स्थान १९८४, ८. ‘लव वाक्स इन’ बाइसौं स्थान १९८६, ९. ‘डान्स दि नायट अवे’ पन्ध्रौं स्थान १९७९, १०. ‘ड्रिम्स’ बाइसौं स्थान १९८६ ।