फेसियल भेरिफिकेसन प्रयोग गर्ने सिंगापुर पहिलो मुलुक


सिंगापुर सिटी, (एजेन्सी)
आफ्नो राष्ट्रिय परिचय योजनामा फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) गर्ने सिंगापुर विश्वकै पहिलो राष्ट्र बनेको छ। निजी तथा सरकारी सेवामा बायोमेट्रिक परीक्षणबाट सिंगापुरका जनताले सुरक्षित पहुँच पाउने भएका छन्।
सरकारको प्रविधि निकायले यो मुलुकको डिजिटल अर्थतन्त्रका लागि अत्यन्तै महŒवपूर्ण हुने जनाएको छ। शुरूमा बैंकिङ क्षेत्रमा परीक्षण प्रयोग गरिएको यस प्रविधिलाई हाल राष्ट्रव्यापी बनाइँदै छ। यस प्रविधिले कुनै व्यक्ति विशेषको परिचय दिने मात्र नभई उनको उपस्थितिलाई पनि भरपर्दो पुष्टि गर्दछ।
प्रविधि उपलब्ध गराउने बेलायती कम्पनी आइप्रुभका संस्थापक तथा प्रमुख कार्यक्रम कार्यकारिणी अधिकारी एन्ड्र बडले तस्बिर वा भिडियो वा रेकर्डिङ रिप्ले नहेरीकन यस प्रविधिमार्फत मानिसको उपस्थिति निश्चित गर्नुपर्ने बताएका छन्।
यस प्रविधिलाई मुलुकको डिजिटल परिचय योजना सिन्ग पासमा जोडेर सरकारी सेवासम्म पहुँच पु¥याउने व्यवस्था गरिने भएको छ। बडले पहिलोपटक यसरी क्लाउडमा आधारित फेस भेरिफिकेसन प्रयोगमा ल्याइएको जनाएका छन्।