युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ पुग्याे, शनिबार राष्ट्रिय शोक घोषणा


एजेन्सी ।
युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

सैन्य प्रशिक्षणका लागि उडानमा रहेका र विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको सम्झनामा शनिबार राष्ट्रिय शोकको घोषणा गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा हस्ताक्षरित एक शोक विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार २७ जनासहित उडेको विमान दुर्घटना हुँदा यस पहिले २५ जनाको मृत्यु भइसकेको युक्रेनीका सैनिक अधिकारीहरुले जानकारी गराएका छन् । थप एक व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको उल्लेख गरिएको छ ।

राजधानी किभ क्षेत्रमा भएको विमान दुर्घटनामा परेका प्रायः सबै व्यक्ति सैनिक रहेको पनि सेनाले बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको सरकारले बताएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनामा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो समाचार दिएका हुन् । रक्षा मन्त्रालयले विमान इन्जिन फेल भएको कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट भएको जनाएको छ ।