प्रयोग भइसकेका कण्डम धोएर बेचिँदै


हनोइ,(एजेन्सी)

भियतनामको एउटा कारखानाले प्रयोग भइसकेका लाखौं संख्यामा कन्डमलाई धोएर पुन प्रयोगका लागि सोझा सिधा ग्राहकहरुलाई बेच्ने गरेको रहश्य भण्डाफोर भएको छ ।

प्रहरीले भियतनामको दक्षिणी भागमा रहेको एउटा अपार्टमेनटमा छापा मारेर लेवल राख्न र प्याक गर्न बाँकी तीन लाख वटा भन्दा बढि यस्ता अवैध र अस्वस्थ कन्डम जफत गरेका छन् । सो अवेध काराखानाकी मालिकनी फाम थान्ह गोकले ति कन्डमलाई धोएर सुकाइसके पछि लिंग आकारको काठमा पट्याइने गरिएको बताएकी छन् ।

गुप्तचरहरुले उनले हरेक साता एक अज्ञात व्यक्तिबाट यस्ता कण्डमको अर्डर पाउने गरेको जानकारी दिएका छन् । भियतनाम इन्साइडर नामक पत्रिकाले यस्ता अस्वस्थकर फोहर कण्डम सोझा ग्राहकहरुलाई भिडाइने गरेको जनाएको छ । स्वास्थ विशेषज्ञहरुले यस्ता कण्डमको प्रयोगका कारण संक्रमण र यौन संक्रमित रोगहरु लाग्ने खतरा धेरै हुने दावी गरेका छन् ।