पुस अपमा नयाँ विश्व किर्तिमान


इस्लामावाद,(एजेन्सी)

पाकिस्तानका एकजना एथलेट खेलाडीले आफ्नो ढाड माथि ६० पाउन्ड वजन राखेर औंलाको टुप्पाले मात्र ४९ पटक पुस अप गरेर आफ्नो ३४ औं गिनिज वल्र्ड रिकर्ड राख्न सफल भएका छन् । इरफान मेहसूदले देरा इस्माइल खानमा एक मिनेट भित्र सो पुस अप पूरा गरेका थिए ।

मार्सल आट्सका पनि खेलाडी उनले यसअघि अर्का इराकी खेलाडी जर्जिस रसिदद्वारा त्यतिकै वजन सहित राखेको ४४ पुस अपको विश्व किर्तिमान तोडेका हुन् । मेहसूदले यसअघि अन्य पुस अप र जम्पिंग ज्याक्स जस्ता व्यायाममा विश्वकिर्तिमान राख्न सफल भएका थिए ।