प्रहरीलाई चीनका लागि जासुसी गरेको अभियोग


न्युयोर्क सिटी,(एजेन्सी)

अमेरिकाको न्युयोर्क सिटी प्रहरी विभागका एकजना अधिकारीलाई चीनका लागि अवैध जासुसी गरेको अभियोग लगाइएको छ ।

तिव्वतमा जन्मेका बाइमादाजि आंगवांगललाई न्युयोर्कमा वसोवास गर्ने चिनियाँ नागरिकहरुका गतिविधिबारे सुचना संकलन तथा तिव्वती समुदायका गोप्य श्रोतहरु खोज्ने गरेको अभियोग लगाइएको छ ।

अमेरिकी नागरिकता धारण गरेका उनले प्रहरी विभागको समुदाय इकाइ मामिलाका लागि काम गर्दै आएका हुन् ।

उनलाइ सोमवार पक्राउ गरिएको हो । यदि दोष प्रमाणित भएको खण्डमा उनलाई ५५ वर्ष लामो कारावास संजाय हुन सक्छ ।

सरकारी वकिलहरुका अनुसार उनलाई अमेरिकी आमी रिजर्भले पनि नागरिक मामिला विशेषज्ञको हिसाबले काम गराउँदै आएको हो । उनको अमेरिका स्थित चिनिया कुटनीतिक नियोगका दुईजना अधिकारीसंग निरन्तर सम्र्क हुने गरेको बताइएको छ ।

न्युयोर्कमा रहेका तिव्वतीहरुबारे रिपोर्टिंग गर्नुका साथै उनले नियोगलाई विभिन्न औपचारिक कार्यक्रमहरु मार्फत न्युयोर्क प्रहरी विभागका वरिष्ठ अधिकारीहरुको पहुँचमा पु¥याउने गरेको अभियोग पनि लगाइएको छ ।

आँगवांगले आफ्ना परिरिचत चिनिया अधिकारीहरलाई आफुले प्रहरी विभागमा आफ्नो पदोन्नोती चाहेको र यसबाट चीनलाई बढि सहयोग गर्न सकिने बताएका छन् ।

उनी विरुद्ध झुठो वयान दिएर सरकारी काममा अवारेध सिर्जना गर्न खोजेको अरोप पनि लगाइएको छ । सरकारी दस्तावेजका अनुसार उनका पिता चिनिया सेना र कम्युनिस्ट पार्टीका पूर्व सदस्य थिए । साथै उनकी आमा पनि पार्टीका सदस्य तथा पुर्व सरकारी कर्मचारी रहेको बताइएको छ ।