रथ यात्रामा पत्रकार पनि सहभागी हुन पाएनन् (भिडियाे)


ललितपुर । ललितपुरको पुल्चोकमा आज तानिने रातो मच्छिन्द्रनाथको रथ यात्रामा पत्रकारलाई पनि सहभागी हुन दिइएको छैन । बाक्लो रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि अल्का अस्पतालअघि पुल्चोक पूलसम्म सडक बन्द गरिएको छ।

नेवार समुदायका विभिन्न संघसंस्थाले परिचालन गर्ने स्वयम्सेवकले आइतबार ३ बजेबाट रथ तान्न लागेकाछन्। यसका लागि प्रशासनसँग सहमति भइसकेको छ।

कोरोना संक्रमणकोे जोखिमका कारण यसवर्ष पहिले जसरी नगर परिक्रमा गराइने छैन। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिने छ।

हेर्नुहाेस याे भिडीयाे

तस्वीर/भिडियाेः उजाेल डंगाेल ।