मन्त्रालयले खटाएका अधिकृतलाई स्थानीय तहका प्रमखुले हाजिर हुन दिदैनन्


सञ्जय कार्की, रौतहट ।

संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न बनाईएपनि जनप्रतिनिधिहरुको कारण बेथिती बन्दै गएको छ । तीन आर्थिक बर्षको बजेट खर्च गरिसकेका रौतहटका १८ वटै स्थानीय तहले दिर्घकालिन योजनाका देखिने काम गर्न नसकेको गुनासो रहेको छ । उनीहरुमा अहमता र आफूखुशी खर्च गर्ने चलन बढदै गएको छन । नीति र कार्यक्रम बिपरित जनप्रतिनिहिरुले बजेट खर्च गर्दै आएका छन ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखको बिबाद रहनु र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गर्न नदिएर आफु अनुकुलका कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत बनाउनुनै स्थानीय तहको बेथिती रहेको छ । चन्द्रपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीको हाजिर हुनु पूर्बनै कार्यपालिका सदस्यले नरुचाएपछि उनी बाराको नीजगढ नगरपालिकामा सरुवा भई काम काज गर्न थालिसकेका छन । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका उपसचिब एबम काम चलाउ प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल बाट चन्द्रपुर नगरपालिका सम्बृद्ध हुने भन्दै कार्कीको सरुवा बदर गराउन कार्यपालिका सदस्य एकजुट भएका थिए ।

यस्तै गरुडा नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साह लाई हाजिर हुन नदिन नगरपालिकाको प्रमुख ईनु राय यादबका छोरा अनिल यादब, भतिज राम सिंह यादब लागि परेका छन । मेयरका छोरा अनिल यादब भने गरुडा नगरपालिकामा करारमा कार्यरत रहेका छन । उनी आफै मेयरको भुमिकामा रहने गरेको जनगुनासो छ । मन्त्रालयले भदौ १४ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा काज काजमा खटाउने गरी सरुवा गरिदिएपछि गरुडा नगरपालिकाका मेयर ईनु राय यादबले मन्त्रालयमा कार्यरत रहदै आएका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलममा लाईनै प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाईदिन पत्राचार गरेका छन ।

हाजिर रजिस्टर समेत लुकाएपछि हाजिर गर्न पुगेका साहले हाजिर गर्न पाएनन । मुस्ताक आलम स्थानीय तहका प्राबिधिक कर्मचारी हुन । नीती, नीयम, ऐन, कानुन भन्दा पनि आफुले भनेको मान्ने प्रमुख प्रशासकिय अधिकृत स्थानीय तहका प्रमुखको रोजाईमा पर्ने गरेका कारण मन्त्रालयबाट खटाईएका प्रमुख प्रशासकिय लाई हाजिर हुनबाट बन्चित गरिदै आएको छ । उता गरुडा नगरपालिकाले ऐन नबनाईकनै नगर प्रहरी र प्राबिधिक कर्मचारी करारमा भर्ना गर्न दरखास्त आब्हान गरिसकेको छ ।

पुराना कामको बिल भुक्तानी गर्न पनि नयाँ आउने प्रमुख प्रशासकिय अधिकृत लाई स्थानीय तहका प्रमुखले हाजिर गर्न बाट बन्चित गर्ने गरेको पाइएको छ । उता गरुडा नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत मुस्ताक आलमले भने आफनो अन्त जान नमिल्ने भएकाले आफै प्रमुख प्रशासकिय अधिकृत हुन पाउनु पर्ने बताउनु भयो । रौतहटका अधिकास स्थानीय तहमा स्थानीय तहका कर्मचारी, प्राबिधिक, शिक्षा र स्वास्थ्यका नायब सुब्बा सो सरहका कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिइएको छ ।