७६ बर्षीय बृद्धको कोरोनाबाट धुलिखेल अस्पतालमा निधन


मोतीराम तिमल्सिना, काभ्रे

महोत्तरी बर्दिवास घर भई धुलिखेल अस्पतालमा उपचार गराईरहेका एक बृद्धको निधन भएको छ । विहान ६.३० बजे उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो

७६ बर्षीय बृद्धको कोरोना भाईरसका कारण निधन भएको डा. झाले जानकारी दिनु भयो । महोत्तरी बर्दिबास घर भई उहाँ धुलिखेल अस्पतालमा विगत १५ दिन देखि उपचारार्थ हुनुुहुन्थ्यो ।

यस अघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमै पहिलो पटक कोरोनाका कारण निधन भएको थियो भने धुलिखेलका ९८ बर्षीय पुरुष ब्यक्तिको निधन भएको थियो । भक्तपुर सुर्यविनायक घर भएकी महिलाको पनि कोरोनाकै कारण धुलिखेल अस्पतालमा निधन भएको थियो ।