घाइते पत्रकारहरुको निशुल्क उपचारको माग

स्थानीयको संवेदनशीलता ख्याल गर्न प्रशासनलाई आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेवाः पत्रकार राष्ट्रिय दबूले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा स्थानीयबासी र प्रहरीबीच भएको झडपमा परी घाइते पत्रकारहरुको निशुल्क उपचार गर्न माग गरेको छ ।

पत्रकार राष्ट्रिय दबूले विहीबार एक विज्ञप्ती प्रकाशित गरी सो माग गरेका हो । पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तीमा घाइते पत्रकाररुको शीघ्र स्वास्थ्य लाभको कामना गरी सो माग गरिएको हो । झडपमा परी स्थानीयबासी, प्रहरीसंगै समाचार संकलन गर्ने क्रममा पत्रकाहरु सुनीता डंगोल, निरञ्जन श्रेष्ठ, श्याम थाहा र कृतन जोशीलाई सामान्य चोटपटक लागेको र प्रकाश माथेमा गम्भीर घाईते भएको थियो ।

रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवताका रुपमा पुजिन्छ । उपत्यकाबासीको यसमा विशेष श्रद्धा र आस्था रहेको छ । परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित रहेको स्थिति पृष्ठभूमीमा सो घटना घटेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ ‘रथयात्राको सम्बन्धमा सम्बन्धित निकायले स्थानीय जनता, संस्कृति सम्पदाप्रेमी सबैको संवेदनशीलता र अपनत्वलाई सम्मान गर्दै न्यायपूर्वक र विवेकपूर्ण कदम चाल्न पनि यस पत्रकार राष्ट्रिय दबू विनम्र आग्रह गर्दछौं ।’

स्थानीय प्रशासनले संस्कृतिप्रति संवेदनशीलता ख्याल गर्दै हिरासतमा राखिएकाहरुलाई तुरुन्तै रिहाईको लागि यस पत्रकार राष्ट्रिय दबूले माग गरेको छ ।