आज बिहानबाट ललितपुरमा कर्फ्यु

0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रवार(आज) बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबिच झडप भएपछि यो आदेश जारी भएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्यु आदेश जारी भएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले हिंजो ललितपुर जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको थियो।

आज ललितपुरको रिङरोडभित्र बिहान ४ बजेदेखि कर्फ्यु जारी छ भने रिङरोडबाहिर निषेधाज्ञा लागू गरिएको छ।