पश्चिम बागलुङको भुजीखोला बाढी, २ को मृत्यु, ११ जना वेपत्ता


सिर्जना पन्त, बागलुङ ।

बागलुङ पश्चिम बागलुङको भुजीखोलामा मध्येराती बाढीले बगाउदा वेपत्ता भएका २ जनाको शव भेटिएको छ । शव पुरुषको भएपनि थप पहिचान गर्न कठिन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश शिंह भण्डारीले बताउनुभयो ।

बाढीमा ११ जना भन्दा वेपत्ता भएको उहाँले बताउनुभयो । ‘प्रहरीले बाढी शुरु भएको स्थानदेखि वडा नम्बर ८ र ७ को खोलातटका बस्तीहरुमा आफ्न्तको पहिचान र खोजिको लागि माइकिङ गरिरहेको छ,’ उहाँले भन्नुभयो ‘वेपत्ता हुनेको संख्या बढ्न सक्छ ।’

बुधवार राती परेको भारी वर्षापछि ढोरपाटन नगरपालिका वडा नम्बर ९ को देउरालीमा पहिरो जाँदा भुजीखोलामा बाढी आएको हो । बाढीले ढोरपाटन नगरपालका ९ को लाँकुरीबोटका १५ घर, दुनेपधेराका ५ घर, घट्टबोटमा ८ घर र सुप्राङका २ घर बगाएको स्थानीय जीवन पुनले बताउनुभयो ।

बाढीले सरस्वती आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बगाएको छ । ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।