१० वर्ष मुनिका संक्रमित बालबालिका कति? (विवरणसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। आलसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार बेलुकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन्। तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

त्यस्तै प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन्।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, दोलखा, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १६ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका : कुन जिल्लामा कति?

  • प्रदेश १
  1. खोटाङमा १ बालक
  2.  इलाममा १ बालक
  3.  झापामा २ बालिका र ६ बालक
  4.  मोरङमा २६ बालिका र २७ बालक।
  5.  सुनसरीमा ८ बालिका र १२ बालक।
  6.  उदयपुरमा २ बालिका।
  • प्रदेश २
  1. सप्तरीमा ११ बालिका र २० बालक।
  2.  सिरहामा २ बालिका र २ बालक।
  3.  धनुषामा १३ बालिका र ३३ बालक।
  4.  महोत्तरीमा ५ बालिका २० बालक।
  5.  सर्लाहीमा २२ बालिका र २७ बालक।
  6.  रौतहटमा २२ बालिका र ३६ बालक।
  7.  बारामा ८ बालिका र १२ बालक।
  8.  पर्सामा २७ बालिका र ३२ बालक।
  • बाग्मती प्रदेश
  1.  सिन्धुपाल्चोकमा १ बालिका र १ बालक।
  2.  धादिङमा ५ बालक।
  3.  नुवाकोटमा १ बालिका र १ बालक।
  4.  काठमाडौंमा ५७ बालिका र ७७ बालक।
  5.  भक्तपुरमा २ बालिका र १४ बालक।
  6.  ललितपुरमा ९ बालिका २४ बालक।
  7.  काभे्रपलान्चोकमा २ बालिका र ३ बालक।
  8.  सिन्धुली १ बालिका र १ बालक।
  9.  मकवानपुरमा ४ बालिका र ५ बालक।
  10.  चितवनमा ८ बालिका र १० बालक।
  • गण्डकी प्रदेश
  1. गोरखामा २ बालिका र ४ बालक।
  2.  म्याग्दीमा १ बालिका १ बालक।
  3.  कास्कीमा २ बालिका।
  4.  लमजुङमा ३ बालिका र ५ बालक।
  5.  तनहुँमा २ बालिका र ४ बालक।
  6.  नवलपरासी पूर्वमा ३ बालिका ८ बालक।
  7.  स्याङ्जामा ४ बालिका र १० बालक।
  8.  पर्वतमा ३ बालक।
  9.  बाग्लुङमा १ बालिका र ३ बालक।
  • प्रदेश ५
  1. रोल्पामा १ बालिका र १ बालक।
  2.  प्युठानमा ९ बालिका र २ बालक।
  3.  गुल्मीमा १० बालिका र ८ बालक।
  4.  अर्घाखाँचीमा ७ बालिका र ९ बालक।
  5.  पाल्पामा ४ बालिका र ५ बालक।
  6.  नवलपरासी पश्चिममा ४ बालिका र ४ बालक।
  7.  रुपन्देहीमा २० बालिका र १८ बालक।
  8.  कपिलवस्तुमा १४ बालिका र १७ बालक।
  9.  दाङमा १४ बालिका र ७ बालक।
  10.  बाँकेमा १९ बालिका र १७ बालक।
  11.  बर्दियामा ४ बालिका र ४ बालक।
  • कर्णाली प्रदेश
  1. मुगुमा १ जना बालक
  2.  जुम्लामा १ बालिका र १ बालक।
  3.  कालिकोटमा २ बालिका र ५ बालक।
  4.  दैलेखमा ८ बालिका र ३२ बालक।
  5.  जाजरकोटमा १ बालिका र १ बालक।
  6.  रुकुम पश्चिममा १ बालिका र १ बालक।
  7.  सल्यानमा १ बालिका र ४ बालक।
  8.  सुर्खेतमा १८ बालिका र १७ बालक।
  • सुदूरपश्चिम प्रदेश
  1. बाजुरामा ३२ बालिका र ३२ बालक।
  2.  बझाङमा २१ बालिका र ३८ बालक।
  3.  दार्चुलामा १ जना बालक।
  4.  बैतडीमा ८ बालिका र १२ बालक।
  5.  डडेल्धुरामा ६ बालिका र १२ बालक।
  6.  डोटीमा ५५ बालिका र ७५ बालक।
  7.  अछाममा ३० बालिका र ६३ बालक।
  8.  कैलालीमा ५२ बालिका र ७७ बालक।
  9.  कञ्चनपुरमा १० बालिका र १६ बालक।