चंगामा अल्झेकी सानी बालिका सय फिट माथिसम्म उडिन्

0
Shares

ताइपेइ (एजेन्सी)

ताइवानमा एक चंगा महात्सवमा तीन बर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ । चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई बचाए । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा ब्यापक भाइरल भएको छ ।

ताइवानको सिन्चु सहरमा चंगा उत्सवको आयोजना भइरहेको छ । ताइवानको कुनाकाप्चाबाट चंगा पारखीहरु आफनो क्षमता देखाउन यहाँ जम्मा भएको समाचारमा जनाइएको छ । आइतबार यसै भिडको बीचमा एक चंगा पारखीले गुलाफी रंगको ठुलो आकारको चंगा उडाइरहेको थियो । त्यही बेला चंगाको तलको भागमा ३ बर्षिया ती बच्ची अल्झिन पुगेको थियो ।

६० किलोमिटर प्रतिघन्टाको बेगमा चलेका हावाका कारण ती सानी नानीलाई सय फिट माथिसम्म उछालेको थियो ।यो घटना देखेर त्यहाँ उपस्थित सबै चकित परेका थिए । यस क्रममा ती सानी नानी हावामा ३० सेकेन्ड तलमाथि उछालिएकी थिइन् । उत्सवमा सहभागी हुन पुगेकाहरुले तत्काल सतर्कता देखाउँदै ती बालिकालाई बचाएका थिए । ती बच्चाको नाम लिन भएको बताइएको छ ।

यस घटनामा बालिकालाई सामान्य चोट मात्र लागेको बताइएको छ । सिन्चु सहरका एक अधिकारीले अकस्मात आएको तिब्र बेगको हावाका कारण चंगामा अल्झिन पुगेकी ती बालिका उड्न पुगेको बताए । यस घटना पछि स्थानिय प्रशासनले चंगा उत्सवका आयोजकलाई सकेसम्म चाँडो उत्सव सकाउन आदेश दिएको बताइएको छ ।