सरकारी वकिलको भवन शिलान्यास

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाडौको संयुक्त कार्यालय भवनको सोमबार शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा महान्यायाधिवक्ता खरेलले राजधानीको मुटुमा रहेको निर्माण हुन लागेको भवनको गुणस्तरमा सम्झौता गर्न नहुनेमा जोड दिनुभयो ।

माईतीघर मण्डलाको उत्तरपट्टि स्वास्थ्य मन्त्रालय सँगैको जग्गामा भवन निर्माण गर्न लागिएको हो । आगामी दुई बर्ष भित्रमा भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । भवन लागत खर्च भ्याट बाहेक ३१ करोड ६२ लाख ४० हजार ५ सय ७६ रुपैयाँ अनुमान गरिएको छ । भवनको ठेक्काको जिम्मेवारी प्रेरा तुलसी भक्त कन्स्ट्रक्सन प्रा. लि. बालकुमारी ललितपुरले प्राप्त गरेको छ ।