आज ८८५ जना कोरोना संक्रमित थपिए,कूल संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बु्धबार थप ८८५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ भने १९ हजार ५०४ जना घर निको भई फर्किएका छन् ।