दैनिक सूचीमा मात्र मुद्दा चढ्ने प्रावधान खारेज



काठमाडौं, (नेस)
पुराना मुद्दालाई साप्ताहिक पेशीमा सूचीमा नचढाई एकैपटक दैनिक सूचीमा चढाई सुनुवाइ गर्ने नियमावलीको प्रावधान सर्वोच्च अदालतले लागू नगर्ने भएको छ । साप्ताहित पेशी सूचीमा नचढाई एकैपटक दैनिक सूचीमा चढाई सुनुवाइ गर्दा विकृति आउन सक्ने भन्दै गुनासो आएपछि सर्वोच्चले त्यस्तो प्रावधान लागू नगर्ने भएको हो ।
सर्वोच्चले सो प्रावधान लागू नगर्ने भनी नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई पत्र पठाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले उक्त ब्यहोराको पत्र आफूले पाएको नेपाल समाचारत्रलाई जानकारी दिनुभयो ।

सर्वोच्चले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७६ मा उपनियम (६ क) थप गरी पुराना मुद्दाहरुको चाँडो किनारा गर्न प्रधानन्यायाधीशले त्यस्ता मुद्दाहरुलाई साप्ताहिक पेशी सूचीमा नचढाई दैनिक पेशी सूचीमा चढाई सुनुवाइ गर्न सक्ने प्रावधान राखिएको थियो । त्यस्तो व्यवस्था आएपछि न्यायिक क्षेत्रबाट आलोचना भएको थियो । त्यस्तो प्रावधान हटाउन नेपाल बार र सर्वोच्च बारले औपचारिक रुपमा नै अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्