प्रादेशिक अस्पतालमा पीसीआर



भद्रपुर, (नेस)
मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्थापित पीसीआर ल्याबमा बुधबारदेखि कोरोनाको नियमित परीक्षण शुरू भएको छ । प्रदेश–१ सरकारको समन्वयमा ल्याब स्थापना गरिएको हो ।
दुई दिनसम्म परीक्षण गरिसकेपछि नियमित परीक्षण थालिएकोे अस्पतालका मेसु ठाकुरले जानकारी दिनुभयो । स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि ल्याब तयार गरिएको थियो ।
योसँगै मेची अस्पतालमा २५ शैय्याको आइसोलेसन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । झापासहित इलाम, पाँचथर र ताप्लेजुङले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आइएकोमा अब मेची अस्पतालमै पीसीआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने मेची प्रादेशिक अस्पताल भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्