दुर्घटनामा सहचालकको ज्यान गयो



पर्वत, (नेस)
पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मोदी गाउँपालिका–७ राम्जादेउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय सहचालक विजय नेपालीको मृत्यु भएको हो ।
सडकबाट अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्याक्टरका चालक मोदी गाउँपालिका–२ बस्ने सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्