१२७८ नेपाली स्वदेश फर्किए


काठमाडौं, (नेस)
विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ ।

बुधबार बिहानदेखि साँझसम्ममा ८ वटा उडानमा ती नेपालीलाई स्वदेश फर्काइएको कोभिट क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । साउदी अरेबिया, कतार, दुबई र भारतबाट ती नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई विमानस्थलबाट विभिन्न होल्डिङ सेन्टरमा राखेर प्रदेशमा पठाइएको सेन्टरले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।