आफैंले डेब्यु दिएको साम्राज्ञीविरुद्ध भुवनले १० करोड क्षतिपूर्तिका साथ दायर गरे मुद्दा


विदुर गिरी
अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद अदालतसम्म पुगेको छ। भुवनले आफुद्वारा निर्मित फिल्म ड्रिम्सबाट नेपाली रजतपटमा डेब्यु गराएको साम्राज्ञीविरुद्ध १० करोड रुपियाँ क्षतीपूर्ति माग दाबी गर्दै बिहीबार जिल्ला अदालत, काठमाडौंमा मानहानीको मुद्दा दायर गरेका हुन्। भुवनले नेपाल चलचित्र कलाकार संघमा दिएको उजुरीउको निराकरण नभएपछि अदालतमा मुद्या दायर गरेका हुन्।

साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै ड्रिम्सको सुटिङका बेलामा समयमै खाना र पानी नदिइएको तथा नराम्रो ब्यबहार भएको आरोप लगाएकी थिइन्। भिडियोमा साम्राज्ञीले कसैको नाम नलिए पनि आप्नो डेब्यु फिल्मको समयमा नराम्रो ब्यबहार भएको उल्लेख गरेकी थिइन्। उनले आफुमाथि ह्यारेसमेन्ट भएकोसमेत आरोप लगाएकी थिइन्। साम्राज्ञीले समाजिक सञ्जालको भिडियोमार्फत आरोप लगाएपछि भुवनले पनि कडा शव्दमा त्यसको प्रतिवाद गरेका थिए। भुवनले साम्राज्ञीलाई लक्षित गर्दै आप्नो फेसबुकमा स्ट्याटस लेखेर भनेका थिए ‘जुन थालमा खायो, त्यही थालमा प्वाल पार्ने?’

साम्राज्ञीले समाजिक सञ्जालमार्पmत सार्वजनिकरुपमा आरोप लगाएपछि भुवन र उनीबीच सामाजिक सञ्जालमै जुहारी चलेको थियो। भुवनको कडा टिप्पणीपछि साम्राज्ञीले पूनः भिडियो अपलोड गर्दै जापानमा आयोजित एक अवार्ड कार्यक्रममा भुवनले नराम्रो ब्यबहार गरेको आरोप लगाएकी थिइन्। ‘जापानमा अवार्ड फक्सन हुँदाखेरी मलाई बाबा हेर तँ त मेरो प्रडक्ट हो।

अब त्यो पूरानो कुरा कोट्याएर, त्यो गरेर के फाइदा? तँलाई के फाइदा, मलाई के फाइदा त्यो कुरा गरेर? तँ एउटा ठाउँमा पुगिसकिस्, यस्तो कुराहरु नगर’ साम्राज्ञीले भिडियोमा भनेकी थिइन् ‘मतलब फ्युचरमा मैले यही कुराहरु फेरि नबोलोस् भनेर उहाँले मलाई सम्झाउनुभयो। पूरा टाँसिएर क्या, फेरि त्यही बिहेभियर क्या। पवट बिहेभ (विकृत व्यबहार) क्या। फेरि त्यसरी नै टाँसिएर, पूरा मुख जोडेर, त्यो कुरा नर्मल्ली बोले हुन्छ नि, पूरा यहीँ (गाला देखाउँदै) मुख लाएर बोल्न पर्दैन नि। बाबा बाबा गरेर।आई लभ यु बाबा, छोरी अब यस्तो नगर है भनेर।’

यसअघि साम्राज्ञीले लगातार आरोप लगाएपछि भुवनले उनीबिरुद्ध नेपाल चलचित्र कलाकार संघमा समेत उजुरी दर्ता गरेका थिए। ‘साम्राज्ञीले पर्वटजस्तो आपत्तीजनक वर्ड युज गरेकाले मैले कलाकार संघका पदाधिकारीहरुले घरको कुरा घरमै मिलाउँ भनेपछि त्यहाँ निवेदन दिएको थिएँ, तर त्यहाँबाट निराकरण नभएपछि अदालतको ढोका ढकढक्याउन पुगेको छु, सम्मानित अदालतबाट न्याय पाउने आशा गरेको छु’ भृवनले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने ‘हामी कलाकारहरुले जिन्गदीभरमा कमाउने भनेकै धन सम्पपती होइन, नाम, इज्जत र दर्शकको माया हो।

त्यो नै ड्यामेज गर्न खोजेकाले मैल १० करोड क्षतीपूर्तिका साथ मानहानीको मुद्या दायर गरेको हुँ।मेरा ३०/४० वर्षको करियरामा यस्तो आपत्तीजनक शव्द अहिलेसम्म कसैले प्रयोग गरेको थिएन। मैले यत्रो वर्ष लगाएर कमाएको इज्जत र प्रतिष्ठा १० करोड तिरेर पनि खरिद गर्न सम्भव छैन। त्यसैले क्षतीपूर्ति दाबी गरेको छु।’