क्वारेन्टाइनमा बसेका युवक मृत फेला


लमजुङ, (नेस)

लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ गिलुङको बुद्धोदय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा एक युवक मृत अवस्थामा फेला परेका छन् । असार ३१ गतेबाट क्वारेन्टाइनमा बसेका युवक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका २३ बर्षीय युवक हुन् । क्वारेन्टाइनमा बसेको २ दिनमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले युवक मृत अवस्थामा भेटिएको र अनुसन्धान थालेको बताउनुभयो ।

उहाँका अनुसार अनुसार ती युवकले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘युवकले पासोमा झुण्डिएर मरेको जस्तो देखिएको र खास कारणबारे अनुसन्धान जारी रहेको प्रनाउ थापाको भनाई छ ।

उक्त क्वारेन्टाइनमा उनी एक्लै रहेको र बिहान हेर्न जाँदा मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उक्त घटनापछि स्थानीयले विद्यालयमा रहेको क्वारेन्टाइन हटाउन माग गरेका छन् ।